नियती को यौटा पुर्व नियोजित सुन्दर चाहाना जो अनन्त देखि अनन्त सम्म निरन्तर यसरी नै चलिरहेको छ चलिरहने छ। बगैंचा का फुलहरु जवान जीवन अनि बैँसालु जिन्दगानी हरु झै मेरो शरीर मात्र म होईन अनि म मात्र शरीर पनि होईन, म भित्र को मलाइ मैले जितेर बाँच्नु छ। जितेरै जानू छ, निश्चय नै खाली आएको थिएँ तथापी भरीएरै जानुछ। तर ऐस्वर्य ले होईन, आत्मियता ले ! अनन्त अपार सुखानुभुतिको लागि मैले जानेर या नजानेर भन्नै पर्छ मृत्युवाद जिन्दावाद ! मृत्युवाद जिन्दावाद !
उदाउँदै गरेको घाम संगै सुरुवात भएको जिन्दगि एकदिन यो घाम जस्तै अवस्य अस्ताउने छ। म पक्कै पनि घाम झै फेरी बिहानि बनेर उदाउन सक्नेछैन …… तर यो यात्रा, आज पनि तेसरी नै बाटो हरुलाई पछ्याई रहेको छ खोला जङ्गल खेत पहाड समथर फाँटहरु उकालि ओरालि भन्ज्याङ गाउँ बस्ति चोक अनि सहर हरुलाइ पार गर्दै गन्तव्य भेट्न निरन्तर अघि बढिरहेको छ म यात्रा गरीरहेको छु। #यात्री